गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने दावी – Satabdi News

गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने दावी

धनकुटा। जनता समाजवादी पाटी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने दावी गरेका छन्।

आइबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका जसपा नेता चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको बताए। पाँच दलीय गठबन्धनले धनकुटाको हकमा संघिय संसदका लागि जसपालाई सर्वसम्मत निर्णय गर्ने दावी समेत गर्नुभयो ।

नेता चेम्जोङले धनकुटामा गठबन्धन बलियो भएको बताउदै पाँच दलीय गठबन्धनले धनकुटाको हकमा संघिय संसदका लागि सर्वसम्मत निर्णय गर्ने दावी गर्नुभयो । उनले भने ‘गठबन्धनको कार्यदलले गरेको निर्णय न्यायपूर्ण हुने हुँदा सबैले स्वीकार गर्नेमा आफू विस्वस्त छु।’ सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य समेत रहेका नेता चेम्जोङले तोकिएको समयभित्र कार्यदलले सीट बाँडफाँडको काम टुंगोमा पु¥याउने बताए । ‘कार्यदलको म्याद भाद्र १५ गते सम्मको लागि हो । यति टुंगोमा पुगेन भने वढी पाँच दिन समय थपिन्छ,’ उनले भने, ‘कार्यदलको छलफल सकारात्मक रुपले अघि बढेको सम्म बताए।

उनले स्थिर सरकार निमार्णको लागि पनि गठबन्धनको आवश्यकता रहेको र सोही बमोजिम नै गठबन्धनका शिर्ष नेताहरु लागिपरेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर..." A few seconds ago

सम्बन्धित खवर