व्यवस्था गुणात्मक परिवर्तन सम्भव छ ? – Satabdi News

व्यवस्था गुणात्मक परिवर्तन सम्भव छ ?

पंकज राई

समय रातीको ११ः४० बजेको थियो निन्द्रा पट्टक्कै लागेन् । १० वर्षको छोरा पनि बल्ल निदायो । मनमस्तिष्कमा अनेक प्रश्नहरू आए । आज २३ दिन भयो तेश्रो लकडाउनमा बसेको । कारण थियो कोरोना महामारी। परिस्थिति अलि फरक थियो पहिलो लकडाउनमा संसारका वैज्ञानीकहरू यो रोगको अनुसन्धान गर्दै भाईरसको उपचार गर्न भ्याक्सिनको खोजी गर्दै थिए । तर अहिले भ्याकसिन आएको छ तर मेरो देश नेपालमा कमिसनको फोहोरी खेलले गर्दा समयमा भ्याक्सिन आएन र परिस्थितिलाई नियन्त्रण गर्न लकडाउन भएको छ ।

गल्ती हजार भए पनि हामी जनता अब चाही भ्याक्सिन पाईन्छ भन्ने आशमा अनुशासित भएर लकडाउनको पालना गर्दै थियो । तर सरकारले भ्यकसिनको साटो चुनावको घोषणा गर्यो । चुनावको घोषणा यो दोश्रो पटक थियो । तर परिस्थिति भयावह थियो । ६ हजार मान्छेको मृत्यु सरकारको लापर्वाहीको कारण भएको थियो ।
म २०७४ सालको निर्वाचनको प्रदेश सांसदको प्रत्यक्षतर्फ बुटवल निर्वाचन क्षेत्र न.२ को (क) बाट उम्मेद्वार थिए । उम्मेद्वार हुदा म नया शक्ति पार्टीको तर्फबाट उम्मेद्वार थिए । जम्मा (३३२) मत आएको थियो । पार्टीको एजेन्डा थियो संसदीय व्यवस्थाको विकल्प दिनको लागी प्रत्यक्ष निर्वाचीत कार्यकारी, पूर्ण समानुरपातीक संसद, राईट टू रिजेक्ट, राईट टु रिक्ल, विदेशमा भएको युवाहरू लाई मतदानको अधिकार, प्रदेशको पुन: सिमाकन,नागरिकता विधेयक र पहिचान सहितको संघियता,समुन्नत समाजवाद । यि मुद्धा लिएर मतदाताकोमा मत माग्न जादा ‘विदेशीको दलालदेखि जातीय मुद्धा देश टुक्राउन खोजेको भन्ने आरोप लागेको थियो ।
चुनावमा जीत हार त स्वभाविक हो । राजनीति मुद्धा समाधानको लागी गर्ने हो भन्ने थाहा थियो र त निराश कति पनि थिएन्। निर्वाचन क्षेत्र बुटवलको जनताले नबुझे पनि नेपालको मधेसमा यो मुद्धा विभिनन् पार्टीले उठाएको थियो । कतै जीत भयो कतै हार भयो।निर्वाचन पश्चात मुद्धा मिल्नेहरू सँग धुर्विकरण भयो।जनता समाजवादी पार्टी बन्यो । अब यो मुद्धा धेरै जनता माझ बुझाउन सकिने भयो भनेर खुशी थिए । तर जब जब प्रधान शत्रुहरूसँग मुद्धाको छिनोफानो गर्ने बेला आयो पार्टीको आशा लाग्दा अग्रज नेताहरूनै विदेशिको दलाल भएर खुले ।

हिजो मधेसमा आन्दोलन हुदै गर्दा मधेसी नेताहरू लाई भारतको दलाल भनेर खुलेआम भाषण गर्ने केपी ओली सँगको साठगाठ देख्दा मन÷मस्तिष्क हलियो । मधेसी समुदाय प्रतिनै मेरो धारणा खलल भयो । अझै पनि दाश मानिसकताबाट उठ्न नसकेको देख्दा उदेक लाग्यो । फेरी मधेसको युवाहरू यो प्रतिगमन विरुद्ध डटेर लागेको देख्दा मेरो विचारहरू दिग्भ्रमित भए । २-४ जना व्यक्ति विग्रिदैमा सम्पूर्ण समुदाय प्रति नकारात्मक धारणा बनाउनु भनेको मेरो दृष्टिकोणमै समस्या हो भन्ने बुझे । जसपाको महन्थ ठाकुर , राजेन्द्र महतो, सर्वेन्द्रनाथ सुकलाहरूले बुझ्नु पर्ने कुरा के हो भने यो मधेसको मात्रै मुद्धा हैन् यो नेपालको मुद्धा हो । मधेसी हैन् नेपालीको मुद्धा हो । यो सही समय थियो मुद्धा लाई क्षेत्रीय स्तर बाट उठाएर राष्ट्रीयकरण गर्ने अवसर थियो । तर केही थान नेताहरूले बाह्य शक्तिको प्रभावमा परेर यो अवसर त गुमाए गुमाए तर हामी जस्तो युवा उम्मेद्वारहरू लाई आउने चुनावमा मतदातासँग गएर मत माग्न पनि लाज लाग्ने गराए।यो देश खस÷आर्य मधेसी थारू, आदिवासी/जनजाती, दलित महिला अल्प संख्यक सबैको हो । यो देश कसैको पेवा हैन् । विर्तामा पाएको देश पनि हैन् ।

युवाहरू अहिले पहिला खोप अनि भोट भन्दै छन्।यो अतालिएको मानसिकता हो । खोप हाम्रो अधिकार हो।चुनाव भए पनि नभए पनि खोप हरेक नागरिकले पाउनु पर्छ । रह्यो कुरा चुनावको त्यो हुन्छ हुन्छ तर नेपालको संविधान २०७२ अनुसार प्रत्यक पाच वर्षमा हुन्छ । यसरी शासकको असक्षमता ,कुर्सी जोगाउन सनकको भरमा जति बेला मन लाग्यो त्यती बेला चुनाव गराउनु असंवैधानीक हो । ल एक छिन लाई मानौं चुनाव भयो के ३३% युवाहरू उम्मेद्वार हुन्छन् ? के प्रमुख पदहरूमा ३३%महिला लाई उम्मेद्वार बनाउ छन् ? के विदेशमा भएको युवाहरूले मतदान गर्न पाउछन् ? यही अवस्थामा फेरी त्यही ६०वर्ष कटेको उम्मेद्वारहरूलाई खोप पाईयो भनेर भोट दिन मिल्छ ? अझै पनि यही संसदीय व्यवस्थामा गुणात्मक परिवर्तन सम्भव छ ? नि:सन्देह छैन् । हामी युवाहरूले यो प्रश्न गर्न सक्नु पर्छ ।

म आवद्ध भएको पार्टीको अध्यक्ष महन्थ ठाकुरलाई प्रश्न गर्न चाहन्छु तपाई यो प्रतिगमनलाई साथ दिदै चुनाव लाई स्वाग्त गर्नु भयो । के अब चुनाव तपाईले भारतको आशिर्वादमा जीत्ने हो ? नभए मधेसको मुद्धालाई क्षेत्रीयकरण गर्ने, अराष्ट्रीय तत्व बनाउने केपी ओली सँग मिलेर मतदातासँग कसरी मत माग्नु हुन्छ ? कि तपाईले मतदातालाई भेडा छन् सोच्नु भएको हो ? नेपाललाई सिक्कीमिकरण गर्न खोज्नु भएको हो ? खबरदार अध्यक्ष ज्यू नेपाल मधेस हिमाल पहाड मिलेर बनेको हो । विदेशिको हस्तक्षेप मधेस हिमाल पहाडको युवाहरू सहेर हातमा दही जमाएर बस्दैनन् । यस्को प्रतिकार हामीले गर्ने छौं । मान्छे बाट गल्ती हुन्छ तर आत्मालोचना गरेर अग्रगमनको बाटोमा आउन अध्यक्ष महन्थ ठाकुर ज्यूलाई अनुरोध गर्दछु । धन्यवाद । जय मातृभूमि ।

( लेखेक राई जनता समाजवादी पाटीका नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "व्यवस्था गुणात्मक परिवर्तन सम्भव छ ?" A few seconds ago

सम्बन्धित खवर