कबिता "अराष्ट्रिय आमाको मृत आत्मा" ! – Satabdi News

कबिता “अराष्ट्रिय आमाको मृत आत्मा” !

बिपन बान्तावा (खिम्बुले) राई

ठिक यतिबेला ,
हत्या भएकी
आमाको आत्मा !
संसदको रोस्टममा ,
सिंह बस्ने स्याल दरबारमा ,
अस्तित्वहिन समुदायहरुमा ,
अनागरिक पारिएका ,
बेपत्ता पारिएका ,
घरबारबिहीन बस्ने सडकहरुमा ,
माइतीघर मा,
न्याय मन्दिरहरुमा
चर्को स्वरमा खोजिरहेछिन
लुटिएको न्याय, खोसिएको अस्तित्व ।
खोसिएको स्वाधीनता ।

देख्छिन परबाट
आफ्ना सन्तानहरु
आफ्नै घरमा रोइरहेका
सास फेर्न नपाएर
हिकिक्क- हिकिक्क भैरहेको ।

चाहन्थिन आमा
आफ्नै नामबाट सन्तानहरुलाई
नागरिकता बनाइदिउ !
बिडम्बना
घाँटी थिचि थिची
सामुहिक बलात्कार गरि प्राणै लिए
राष्ट्रिय यौन पिपासुहरुले ।

राती बाह्र बजे
रुन्छ आमाको आत्मा
सुनिन्छन मधुरो आवाजमा
स्वाधीनता का शब्दहरु
सन्तानप्रतिको जिम्मेवार बाणीहरु ।

सपनीमा भन्छिन आमा
” म मेरो भड्किएको आत्मालाई
शान्ती अनि न्याय खोज्न
जहाँ -जहाँ गए ,
ज जसलाई बिन्ती बिसाएँ
तर
सबैबाट थाहा पाए कि
मेरो हत्या
योजनाकार त मेरै श्रीमान पो रहेछ ।
जसले मलाई कालो पट्टि बाँधी
बलात्कार गरि
पछाडिबाट प्रहार गरे । ”

जुन दिनदेखि उसले मलाई
बहिष्कार गरेको थियो
त्यही दिनदेखी उ राष्ट्रिय भएछ !
म र मेरा सन्तानहरु अराष्ट्रीय । ”

फेरि भन्छिन आमा ,
” ए मेरा सन्तानहरु ,
तिमारुको राष्ट्रिय बाउलाई
म अराष्ट्रीय आमाको
मृत आत्माले
सजाय दिउ
किफेरि भन्छिन आमा ,
” ए मेरा सन्तानहरु ,
तिमारुको राष्ट्रिय बाउलाई
म अराष्ट्रीय आमाको
मृत आत्माले
सजाय दिउ
कि
माफी दिऊ ?

म त मरिसके
अब आफ्नो राष्ट्रीय बाउलाई
सजाय
वा
माफी दिने
तिमारुकै हातमा छ ।
आशीर्वाद छ मेरा सन्तानहरुलाई ,
तिमारु मर्ने बेला
नागरिक
अनि
राष्ट्रीय भएर मर्नु । ”

हाल – साउदी अरब ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता “अराष्ट्रिय आमाको मृत आत्मा” !" A few seconds ago

सम्बन्धित खवर