ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश प्रदशन – Satabdi News

ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश प्रदशन

तस्बिर:विजय तोलांगीको फेसबुक वालबाट

विराटचोक, मोरंग। मध्यरातमा प्रधानमन्त्रि केपि वोली र राष्ट्रपति बिध्या देवी भण्डारीले गरेको संसद भंग र मध्यावधी निर्बाचन घोषणाको घोर बिरोध गर्दै
ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश भर्खर प्रदशन गरेका छन्।

नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाईका सभापति विजय तोलांगीको नेतृत्वमा जुलुश निकालिएको श्रोतले बताए।

वोली एण्ड भण्डारी कम्पनीले मध्यरातमा संबिधान माथी षड्यन्त्र मुलक तरिकाले हत्या ,बलात्कार र प्रतिगमनगरिएको बिरोधमा नेबि संघ सुकुना बहुमुखी क्याम्पस इकाई समिती द्वारा सान्केतिक रुपमा यो राँके जुलुस आयोजित गरिएको र प्रतिगमन भाग २ नसचीए सम्म हाम्रो आन्दोलन जारीरहने सभापति बिजय तोलांगीले सताब्दी न्युजलाई बताए।

राँके जुलुस र्याली बुधबारेबाट शुरु गरि बिराटचोक बजारमा कोडसभा गरि सम्पन्न गरिएको बताए। कोडसभामा स्थानिय प्रहरीले सामान्य हस्तक्षेप गरेको तर  हाताहात नभएको सभापति विजय तोलांगीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्या..." A few seconds ago

सम्बन्धित खवर