कानेपोखरीमा रहेको धिमाल जातिको ग्रामथान अतिक्रमण – Satabdi News

कानेपोखरीमा रहेको धिमाल जातिको ग्रामथान अतिक्रमण

जेठ ११, बेलबारी । कानेपोखरी गाउपालिकामा रहेको धिमालहरुको ऎतिहासिक तथा धार्मिक स्थल कानेपोखरी ग्रामथानलाई अतिक्रमण भएको छ ।

धिमालहरुको धार्मिक, साङ्कृतिक मिथक तथा ऎतिहासिकता संग जोडिएको स्थलमा कानेपोखरी ग्रामथानको ईतिहास, संस्कृती, मिथकहरुलाई समाप्त पार्ने ध्येयका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेटले व्यावसायिक भैतिक संरचना बनाउन खोजिएको छ ।

कानेपोखरी गाउपालिका र वार्ड न ७ को पहलमा विभिन्न ब्यवसायिक सम्रचना निर्माणको लागि शुरु गर्ने भएको धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालले जानकारी दिएको छन् ।

उहाले भन्नु भएको छ, “आज बिहानै म आफै पुगेर वार्ड न ७ का अध्यक्ष मोहनप्रसाद अधिकारीसङ यो बिषयमा बिबाद भएको छ । आदिवासीहरुको देवल स्थलहरु समाप्त पार्न राज्य नै लागेको छ । यस्ता धार्मिक तथा साङस्कृतिक भक्षकहरुको बिरुद्धमा एक हौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कानेपोखरीमा रहेको धिमाल जातिको ग्रामथान अतिक्रमण" A few seconds ago

सम्बन्धित खवर