कविता: धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ? – Satabdi News

कविता: धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ?

राजन मुकारुङ

धेरैले सोध्नुहुन्छ-
तपाईं के गर्दै हुनुन्छ ?
म त दाउरा खोजिरहेको छु
सरकारको आदेश जो छ ।

अब थानका थान शववहानहरू आउनेछन्
त्यहाँबाट निकालिनेछन् लासहरू
ती जनताका हुन्
ती एकदमै गरिब जनताहरूका बढी हुन्
ती त्यस्ता जनताहरू हुन्
वन (रुख)ले होइन;
मन्त्री मान्छेले अक्सिजन दिनाले मरेकाहरू हुन्
तिनै मन्त्रीको आदेश जो छ
डढाउनै पर्नेछ
म दाउरा बटुलिरहेको छु ।

धेरैले सोध्नुहुन्छ-
तपाईं किन चुप बस्नुभएको ?
भन्न त धेरै छ
तर म “तपाईं, हजुर” भन्न जान्दिनँ
“तँ” भन्यो भने मान हानी हुन्छ रे !
चुप बसिरहेको छु
ढिलोचाँडो न हो
सरकार पनि आइपुग्ला घाटतिर
डढाउनै पर्नेछ
दाउरा खोजिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता: धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन..." A few seconds ago

सम्बन्धित खवर