गीतकार तथा कथाकार अर्जुन दुङमेनले नयाँ कथासंग्रह ‘झुमा’ – Satabdi News

गीतकार तथा कथाकार अर्जुन दुङमेनले नयाँ कथासंग्रह ‘झुमा’

गीतकार तथा कथाकार अर्जुन दुङमेन

गीतकार तथा कथाकार अर्जुन दुङमेन

२५ माघ काठमाडौ । गीतकार तथा कथाकार अर्जुन दुङमेनले नयाँ कथासंग्रह ‘झुमा’ साहित्यप्रेमी पाठकको माझ पस्केका छन् । गीतकार तथा कथाकार दुङमेनले वसन्तपञ्चमी दिनको अवसरमा कथासंग्रह बजारमा ल्याएका हुन्।

दुङमेनले कथासंग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।

झुमामा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ । साहित्यकार गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन् ।

खोटाङ लिखुवापोखरीका दुङमेनको यो चौथो कृति हो। यसअघि उनका आधुनिक कप्युटर विज्ञान (२०६१), घुम्तीबीचका पर्खालहरु (कथा संग्रह, २०६९) र जीवन यात्रा (गीतिसंग्रह, २०७०) प्रकाशित छन्। यस्तै, आमा (संस्मरण), जीवन यात्रा भाग–२ (गीति एल्बम), अफसोच (गजल संग्रह) दुङमेनका प्रकाशोन्मूख कृति हुन्।

‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन् । कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको कुरा लेखक दुङमेनले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गीतकार तथा कथाकार अर्जुन दुङमेनले नयाँ कथासंग्र..." A few seconds ago

सम्बन्धित खवर