आमाको नामबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय : ओलीको सत्ता जोगाउने कार्ड  – Satabdi News

आमाको नामबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय : ओलीको सत्ता जोगाउने कार्ड 

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी नेपालले उठाउँदै आएको नागरिकता समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा वोलीको सरकार सहमत भएको छ। नागरिकता समस्या सामाधान गराउन के पी वोलीको सरकारसंग बारम्बार प्रस्ताब गरेपनि प्रक्रिया अगाडी बढ्न सकेको थिएन। तर नेकपा एमाले भित्रको किचलोको कारण कमजोर बनिसकेको के पी वोलीले आफ्नो सत्ता जोगाउन नागरिकता समस्या सामाधान गर्ने निर्णय लिएको जानकारहरु बताउछन ।

सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको हो ।

यस निर्णय लाई बिपक्षि दलहरुले कानुन बिपरित निर्णय भएको भन्दै बिरोध गरेका छन। संबिधानसभामा प्रबेस गराई क्षलफल नगरी अध्यादेश मार्फत संसोधन गरिनु कानुन बिपरित हुने बताए।

जसपाका अध्यक्ष महन्थ ठाकुरले नागरिकता समस्या मधशको मात्र नभई समग्र नेपालकै समस्या रहेको भन्दै सो समस्या समाधानकालागि नेपाल सरकारसँग वार्तारत् थिए । अन्ततः अध्यक्ष ठाकुरको प्रयास सफल भएको मान्न सकिन्छ । केपी वोलीको सरकारले हाम्रो मुद्धा सामाधान गरेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो लगायत जसपाका महन्थ ठाकुर पक्षका केहि नेताहरु सरकारमा जाने तयारि गरेको श्रोतले बताएका छन्।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने मधेशका र देशसँग सम्बन्धित यस्ता समस्याहरुलाई समाधानभन्दापनि आफ्नो स्वार्थपूर्तिकालागि प्रयोगगर्दै आएको आरोप लगाएका छन् ।

यस अगाडी केपी वोलीको सरकारले मुद्धा खेपी रहेका जसपाका कार्याकर्ताहरुलाई रिहाई तथा मुद्धा खारेजीसम्मको निर्णय पनि गरि सकेकोछ। जनता समाजवादी पार्टीले लामोसमयदेखि नागरिकताको समस्या समाधानकालागि विधेयक ल्याउन सरकारसँग मागगर्दै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आमाको नामबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने ..." A few seconds ago

सम्बन्धित खवर