एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित: नामावली सहित

२७ वैशाख २०७८, सोमबार। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन डाँकेको संसदको विशेष अधिवेशनमा एमाले माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका छन्। प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको ९३ सांसदले विश्वासको मत दिएका छन् भने विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन्। एमालेका १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत

राष्ट्रपतिलाई बहुमतको सरकार गठनका लागि तीन दलको आग्रह

२७ वैशाख २०७८, सोमबार। विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका

प्रधानमन्त्री ओली पदमुक्त : पक्षमा ९३ मत भने विपक्षमा १२४

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने

संसदमा महन्थले भने- तटस्थ बस्छौं, उपेन्द्रले भने-विपक्षमा उभिन्छौं

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दा जनता समाजवादी पार्टीका दुई अध्यक्षले फरक फरक धारणा राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तटस्थ रहने बताए भने अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मत दिने बताए । प्रधानमन्त्रीले विश्वासको मत मागेपछि

संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ? उपेन्द्र यादब

बैशाख २७, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवले ओलीविरुद्ध ‘त्याग र बलिदानबाट प्राप्त सङ्घीयता, गणतन्त्रलाई समाप्त पार्न तपाईलाई मत किन दिने ?’ भनी प्रश्न गरेका छन् । संसद्को जारी बैठकलाई सम्बोधन गर्दै यादवले भने ‘हाम्रो पार्टीले विश्वास मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको छ

सरकारको नत पक्षमा नत विपक्षमा हामी तटस्थ छौं; महन्थ ठाकुर

वैशाख २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारिखमा बस्ने अवस्था रहेको उनले

‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ प्रचण्डको प्रश्न प्रधानमन्त्री केपी शर्मालाई

बैशाख २७, काठमाडौ । संसदमा जारी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रधानमन्त्री केपी शर्मा आलीलाई प्रश्न गरेका छन् । आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने –‘तपाईले जुन संसद्लाई मारिदिनु भो, अहिले त्यही संसद्मा आएर

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : अरुमाथि दोष थोपरेर जिम्मेवारीबाट भाग्न पाउनुुहुन्छ ?

 वैशाख २७, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए ।

नेपाल –खनाल समूह  संसद बैठकमा अनुपस्थित हुने , राजीनामा नदिने

२७ वैशाख २०७८, सोमबार । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु विश्वासको  मतका लागि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारका  बसेको सांसदहरुको बैठकले त्यस्तो निर्णय गरेको सांसद बिरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामुहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी

एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित

बैशाख २७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६