चर्चित लगानीकर्ता विजय केडियाको शेयर बजारमा ४ सूत्र

बैशाख २६, काठमाडौं । डा. विजय किसनलाल केडियालाई भारतीय सेयर बजारको एक सफल लगानीकर्ताका रुपमा चिनिन्छ । केडिया ‘केडिया सेक्युरिटिज प्रा. लि’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पनि हुन् । व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गरेका कारण सन् २०१६ मा केडियालाई डाक्टरको उपाधि दिइएको थियो । मारवाडी परिवारका केडिया

अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्बजनिक

बैशाख २६, काठमाडौ ।  अमेरिकी सरकारले प्रदान गरेको डीभी चिट्ठाकाे नतिजा गएराती सार्वजनिक भएको छ । सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

तेस्रो बेलबारी आइडलको उत्कृष्ट १० फाइनलिस्ट छनोट सम्पन्न

संयोजक जे.वि थुलुङ २५ वैशाख २०७८, शनिबार।  स्रष्टा समाज, बेलबारीको आयोजनामा जारी तेस्रो बेलबारी आइडलकाको फाइनलमा ४३ जना प्रतियोगीबाट उत्कृष्ट १० फाइनलिस्ट छनोट भएका छन् । बेलबारी ३ स्थित सृजना घरमा शुक्रवार भएको सेमिफाइनलमा वडा नं. १ का राजेश राई, वडा नं. २ का झरना कालिकोटे, अस्मिता वि.क, चन्द्रकला तिम्सिना,

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

२५ वैशाख २०७८, शनिबार । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान

नेपाललाई ‘रेड जोन’मा राखिएको बेलायतको घोषणा

बैशाख २५, काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’ मा राखिएको घोषणा गरेका छ्न । विदेशी यात्राका

कोरोना संक्रमित प्रतिनिधिसभा सांसदको संख्या १८ पुग्यो

२५ वैशाख २०७८, शनिबार। कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि

९० रुपैया पर्ने एन्टिबायोटिक इन्जेक्सनलाई ८ देखि १५ हजार सम्म बिक्रि

२५ वैशाख २०७८, शनिबार । दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपले फैलिएर सिकिस्त बिरामीको संख्या बढ्न थालेसँगै विराटनगरमा औषधी पसलेहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेमडेसिभिर औषधी भन्दै १५ हजार सम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ । दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन्