नेपाललाई ‘रेड जोन’मा राखिएको बेलायतको घोषणा – Satabdi News

नेपाललाई ‘रेड जोन’मा राखिएको बेलायतको घोषणा

बैशाख २५, काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’ मा राखिएको घोषणा गरेका छ्न ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ । उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने जनाइएको छ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले चाहिँ आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाललाई ‘रेड जोन’मा राखिएको बेलायतको घोषणा" A few seconds ago

सम्बन्धित खवर