संयोजक जे.वि थुलुङ
२५ वैशाख २०७८, शनिबार। स्रष्टा समाज, बेलबारीको आयोजनामा जारी तेस्रो बेलबारी आइडलकाको फाइनलमा ४३ जना प्रतियोगीबाट उत्कृष्ट १० फाइनलिस्ट छनोट भएका छन् । बेलबारी ३ स्थित सृजना घरमा शुक्रवार भएको सेमिफाइनलमा वडा नं. १ का राजेश राई, वडा नं. २ का झरना कालिकोटे, अस्मिता वि.क, चन्द्रकला तिम्सिना, कविता लिम्बु, वडा नं. ३ का मनिष भुसाल, पदमा उप्रेती, वडा नं. ४ का विशाल मगर, अर्पण सिवा, वडा ५ का कर्ण गिरी छनोट भएको जानकारी स्रष्टा समाज का सचिव तथा आइडलका कार्यक्रमका संयोजक जे.वि थुलुङले सताब्दी न्युजलाई दिएका छन् ।
तेस्रो बेलबारी आइडलको विजेताले नगद पुरस्कार रु.३० हजार, ट्रफि, प्रमाणपत्र, एक गीत रेकर्डिङ र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने आयोजकले जनाएका छन् । उपविजेताले भने रु.१५ हजार नगर पुरस्कार, ट्रफि, प्रमाणपत्र र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने छ । पहिलो बेलबारी आइडल विवेश मोते र दोस्रो नवीन कोइराला भएका थिए ।
फाइनलिस्टलाई कोरोनाको असहज परिस्थिति अनुकूल हुनसाथ सङ्गीत प्रशिक्षण क्याम्प सञ्चालन गरी फाइनल कार्यक्रमको आयोजना गर्ने आइडल कार्यक्रमका संयोजक जे.वि थुलुङले बताए।