राष्ट्रपतिलाई बहुमतको सरकार गठनका लागि तीन दलको आग्रह – Satabdi News

राष्ट्रपतिलाई बहुमतको सरकार गठनका लागि तीन दलको आग्रह

२७ वैशाख २०७८, सोमबार। विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रपतिलाई बहुमतको सरकार गठनका लागि तीन दलको..." A few seconds ago

सम्बन्धित खवर