सरकारको नत पक्षमा नत विपक्षमा हामी तटस्थ छौं; महन्थ ठाकुर – Satabdi News

सरकारको नत पक्षमा नत विपक्षमा हामी तटस्थ छौं; महन्थ ठाकुर

वैशाख २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए ।

अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारिखमा बस्ने अवस्था रहेको उनले बताए । ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उनले भने । संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरलले बताए ।

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्‍न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ’, ठाकुरले संविधान संशोधनको औचित्यबारे भने । जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारको नत पक्षमा नत विपक्षमा हामी तटस्थ छौं; म..." A few seconds ago

सम्बन्धित खवर