‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ प्रचण्डको प्रश्न प्रधानमन्त्री केपी शर्मालाई – Satabdi News

‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ प्रचण्डको प्रश्न प्रधानमन्त्री केपी शर्मालाई

बैशाख २७, काठमाडौ । संसदमा जारी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रधानमन्त्री केपी शर्मा आलीलाई प्रश्न गरेका छन् ।

आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने –‘तपाईले जुन संसद्लाई मारिदिनु भो, अहिले त्यही संसद्मा आएर विश्वासको मत माग्ने नैतिक अधिकार तपाईसँग छ र ?’ उनले सांसदहरुलाई जिउँदै मार्ने ओली आज विश्वासको मत माग्न सदनमै र सांसदहरुकै अघि आएको भन्दै प्रश्न गरेका हुन् ।
पार्टीभित्र हिजोका दिनमा विभिन्न मतभेद र छलफल चलिरहेको अवस्थामा अचानक संविधानले नै कल्पना नगरेको अधिकार प्रयोग गरेर ओलीले असंवैधानिक चरित्र प्रस्तुत गरको, निरंकुशता र स्वेच्छाचारिताका आधारमा संसद् बिघटन गरेको उनको आरोप थियो । पार्टीमा सँगै हुँदा आलोपालो पार्टी अध्यक्ष र आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता आफूले नभई ओलीले नै तोडेको दाहालको भनाइ थियो ।

कोरोना भाइरसको दोस्रो लहर फैलँदै गर्दा आफैले ठूलाठूला भीड जम्मा गरेर, रथयात्रा गरेर प्रधानमन्त्री ओलीले नै कारोना फैलाएको समेत उनले आरोप लगाए । कोरोनाको खोप आयोत सम्बन्धमा भएको भ्रष्टाचार बारे उनले भने –‘तपाई नै हो पनि मैले त्यसरी भन्दिनँ । तर यहि संसद्का समितिहरुले भनेका छन् । भ्रष्टाचार भयो, कमिसनको खेल भयो ।’
दाहालले ओलीमाथि बोल्दा बोल्दै अति बोल्ने गरेको भन्दै मुखमा पानी राखेर बस्न सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?..." A few seconds ago

सम्बन्धित खवर