
२७ वैशाख २०७८, सोमबार । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु विश्वासको मतका लागि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनुपस्थित हुने भएका छन् ।
सिंहदरबारका बसेको सांसदहरुको बैठकले त्यस्तो निर्णय गरेको सांसद बिरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामुहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी दिए ।
बैठकमा सामुहिक राजीनामा कि मत दिने विषयमा सांसदहरुवीच समान धारणा नभएपछी मध्यमार्गी निर्णय गरिएको एक सांसदले बताए ।