गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म , जनमोर्चा सरकार गठनका लागि निर्णायक

२९ वैशाख २०७८, बुधबार । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन । नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका

जापानले पाँच मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

२८ वैशाख २०७८, मंगलबार। जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो

२८ वैशाख २०७८, मंगलबार। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान

चीनबाट चार सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउदै

२९ वैशाख, काठमाडौ । सरकारले चीनबाट चार सय वटा अक्सिजनका सिलिन्डर ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो । कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो । यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत

एकै दिनमा कोरोनाबाट २२५ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

कविताः ह्याप्पी मदर्स डे

नगेन्द्र सुवेदी (केराबारी, मोरङ्ग) गणित विषयमा नेपाल प्रथम भएको उसले बुझ्न सकेन आफ्नी आमाको प्रेम र त्यागको गणित र लैजान्छु तीर्थ भनेर छाडिआयो आमालाई वृद्धाश्रमको गेटैमा जसरी आमाले उसलाई बजार लैजान्छु भनेर छाड्ने गर्थिन् विद्यालयको गेटमा । त्यतिबेला ऊ खुब उफ्रन्थ्यो, रुन्थ्यो यतिबेला आमालाई पनि खुब रुन मन छ, उफ्रन

सर्वोच्चको अन्तरिम आदेश :अक्सिजन र अस्पतालको सहज ब्यवस्थापन गर

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको

कविता: आमा तिमी महान होइन

शुसिला निनाम खेल्दा खेल्दै खेलौना मा जब साथी संग झगडा हुन्थ्यो म दौडेर तिमिलाइ सुनाउन आउथे डर लाग्दो किरा जनावर देख्दा म तिम्रै काख मा आइपुग्थे तिम्रो काख भन्दा अन्त म आफुलाइ सुरक्षित महसुस गर्नै सक्दिन्थे मलाई तिमी शक्तिशाली लाग्थ्यौ आमा मेरो हर समस्या को समाधान तिमिले गरिदिन सक्छौ लाग्थ्यो

बहुमत सरकारको लागि राष्ट्रपतिद्दारा आह्वान

बैशाख २७, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को

एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हजार ७ जना संक्रमण मुक्त

बैशाख २७, काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १७ हजार ६२३ जनाको पिसिआर र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार