सर्वोच्चको अन्तरिम आदेश :अक्सिजन र अस्पतालको सहज ब्यवस्थापन गर – Satabdi News

सर्वोच्चको अन्तरिम आदेश :अक्सिजन र अस्पतालको सहज ब्यवस्थापन गर

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सर्वोच्चको अन्तरिम आदेश :अक्सिजन र अस्पतालको सह..." A few seconds ago

सम्बन्धित खवर