गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म , जनमोर्चा सरकार गठनका लागि निर्णायक – Satabdi News

गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म , जनमोर्चा सरकार गठनका लागि निर्णायक

२९ वैशाख २०७८, बुधबार । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन ।

नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका तिन मध्ये एक सांसदले हस्ताक्षर नगर्दा नयाँ सरकार गठनका लागि आवश्यक सांसदको हस्ताक्षर नपुगेको हो । जनमोर्चाका तीन सांसदमध्ये दलका नेता समेत रहेका कृष्ण थापाले कांग्रेस नेतृत्वमा गठन हुने सरकारलाई आफुले कुनै हातमा समर्थन नगर्ने अडान लिएपछि नयाँ सरकार गठनमा समस्या परेको हो ।

प्रदेश सभामा पाँच दलको ६० सदस्यहरुको प्रतिनिधित्व रहेको छ । पाँच दलमध्ये तीन सिट रहेको जनमोर्चा सरकार गठनका लागि निर्णायक अवस्थामा छ । उस्ले जसलाई सहयोग गर्छ उसैको सरकार बन्ने अवस्था गण्डकी प्रदेसको छ। सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, नेपाली काग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद छन् ।

हाल एमाले र एक स्वतन्त्र गरि २८ जना एकातिर र कांग्रेस , माओवादी र जसपाका गरि २८ जना सांसद अर्कोतिर रहेका छन् । दुवै तर्फ २८/२८ जना भएपछि सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन दुबै पक्षलाई तिन सांसदको आवश्यकता रहेको छ।

यस अघि जनमोर्चाले समर्थन गर्ने निर्णय गरेपछि कांग्रेस , माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै काग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

ठुलो दल एमालेको सरकार बन्ने सम्भावना पनि
प्रदेश प्रमुखले दिएको समयमा आवश्यक संख्या सहित दाबी पेश गर्न कोही नगए प्रदेश सभामा रहेको ठुलो दलको सरकार बन्ने कानुनी व्यवस्था छ । नयाँ सरकारको लागि ३१ जना सांसदको हस्ताक्षर पुरयाउन नसके ठुलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमालेले सरकार बनाउन पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म , ज..." A few seconds ago

सम्बन्धित खवर