एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हजार ७ जना संक्रमण मुक्त – Satabdi News

एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हजार ७ जना संक्रमण मुक्त

बैशाख २७, काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १७ हजार ६२३ जनाको पिसिआर र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २ हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन १३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ४ हजार जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हज..." A few seconds ago

सम्बन्धित खवर