चीनबाट चार सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउदै – Satabdi News

चीनबाट चार सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउदै

२९ वैशाख, काठमाडौ । सरकारले चीनबाट चार सय वटा अक्सिजनका सिलिन्डर ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।

कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो ।

यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ ।

२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनबाट चार सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउदै" A few seconds ago

सम्बन्धित खवर