नेपालमा थप ११ सय बढी संक्रमित थपिए, १६६० जना संक्रमणमुक्त

२५ भाद्र, काठमाडौं । नेपालमा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा (शुक्रबार) देशभर ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण गरिएको हो । शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका

धनकुटाका एक युवक गाँजा सहित विराटनगरमा समातिए

२५ भाद्र, विराटनगर । धनकुटा सहिद भूमि गाउँपालिका७ का २४ वर्षीय सागर राई लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । बिहिबार बेलुका विराटनगर महानगरपालिका–४ कञ्चनवारी स्थित सिआरभी पोस्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा ५ केजी गाँजा राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई

आफूलाई लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक व्यक्ति धरानबाट पक्राउ

२५ भाद्र, धरान । सुनसरीको धरान स्थित तल्लो देउरालीबाट आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाई दिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले महोत्तरीको पशुपतिनगर–४ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउराली स्थित दीपक लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष

सुनसरीको कान्छिचौक–चतरा सडक खण्डमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाइते

२५ भाद्र, इटहरी । सुनसरीको रामधुनी–६ सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना भएको छ । बिहीबार राति कान्छिचौक–चतरा सडक खण्डमा उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राईको मृत्यु भएको हो

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, ७४ हजार चार सयलाई १० कित्ता

२५ भाद्र, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आज (शुक्रबार) सेयर बाँडफाँट भएको कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक

आज – २५ भाद्र २०७८ शुक्रबारको राशिफल

मेषः मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्राको योग पनि छ । वृषः चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नामा आउला । मिथुनः रोकिएको धन

गोकुलम रिसोर्ट प्रवेशद्धार बलियामा खुल्यो ‘लर्ड बुद्ध क्याफे’

–अर्जुन राई अपहेलित २५, भाद्र, इटहरी । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘लर्ड बुद्ध क्याफे लन्च एण्ड बार’ सञ्चालनमा ल्याइएको छ । मोरङको सुन्दरहरैंचा–४ बलिया स्थित गोकुलम रिसोर्ट प्रवेशद्धारमा युवा व्यवसायी अमृत गुरुङ, सन्जिव गुरुङ र जे.के. राज धामीले उक्त क्याफे सञ्चालनमा ल्याएका हुन् । हङकङमा व्यवसाय गर्दै आएका

एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो, विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा

२४ भाद्र, काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान काठमाडौं आएको

एमसीसीको सम्बन्धमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको अध्यक्ष राजन मुकारुङ्को कडा चेतावनी

२४ भाद्र,काठमाडौ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्न सरकारले गरेको तयारीप्रति आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी सम्झौतामा हाम्रो देशको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने एवम राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने सर्तहरू छन् । ती मान्य हुने छैनन् । १. एमसीसी परियोजनाका लागि मापदण्ड पूरा

बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण

२४ भाद्र, काठमाडौं । विश्वकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ । बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये ‘गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो । नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’