नेपालमा थप ११ सय बढी संक्रमित थपिए, १६६० जना संक्रमणमुक्त – Satabdi News

नेपालमा थप ११ सय बढी संक्रमित थपिए, १६६० जना संक्रमणमुक्त

२५ भाद्र, काठमाडौं । नेपालमा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा (शुक्रबार) देशभर ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण गरिएको हो ।

शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा थप ११ सय बढी संक्रमित थपिए, १६६० जना सं..." A few seconds ago

सम्बन्धित खवर