३० पुस, काठमाडौं । पछिल्ला दिनहरुमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पुस मध्यदेखि संक्रमण तीब्र गतिमा फैलिन थालेको हो । छिमेकी भारतमा पनि उच्चदरमा बढेकाले खुला सिमानाको थप प्रभाव पर्न सक्ने भन्दै चिकित्सकहरुले सजग गराएका छन् । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअवधिमा २० हजार ५ सय ६० जनामा परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैअवधिमा ३ सय ६ जनालाई निको भएको छ । हाल मुलुकभर संक्रमित संख्या १८ हजार २ सय ३५ जना पुगेको छ। यसअवधिमा ३ जनाको भने कोरोनाको कारण ज्यान गएको छ।