आफूलाई लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक व्यक्ति धरानबाट पक्राउ – Satabdi News

आफूलाई लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक व्यक्ति धरानबाट पक्राउ

२५ भाद्र, धरान । सुनसरीको धरान स्थित तल्लो देउरालीबाट आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाई दिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरीले महोत्तरीको पशुपतिनगर–४ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउराली स्थित दीपक लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ५२ को कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधारण मानिसहरूलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने बताइएको छ ।

उनको डेरा कोठामा प्रहरीले खान तलासी गर्दा सर्वोच्च आदलत काठमाण्डौं लेखिएको डिजिटल छाप, लोकसेवा आयोग कमल पोखरी काठमाण्डौं लेखिएको डिजिटल छाप, गोप्य लेखेको रबरको छाप, जिबछ लामिछाने लेखेको रबरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौं लेखेको रबरको छाप वरामद भएको छ ।

यस्तै, प्रहरी निरीक्षक लेखेको रबरको छाप, उपसचिव लेखेको रबरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो भएको छाप,लोक सेवा आयोगको कार्यालय लेखिएको डिजिटल स्टाम्प छाप, शाखा अधिकृत लेखेको छापलगायत विभिन्न कागजात वरामद भएको प्रहरीले जनाएको छ । उनलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आफूलाई लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने ..." A few seconds ago

सम्बन्धित खवर