आज – २७ भाद्र २०७८ आइतवारको राशिफल

मेष । आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ । वृष । आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा

संखुवासभा हत्या प्रकरणः भतिज नाता पर्ने लोक बहादुर पक्राउ, ‘हेपाइ सहन नसकेर ६ जनाको हत्या !’

२५ भाद्र, मादी । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ  । उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको ज्या’न लिएको आरोपमा भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या छिमिकीबाटै भएको ​प्रहरीको निष्कर्ष

२६ भदौ, संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या छिमिकीबाटै भएको निष्कर्षमा ​प्रहरी पुगेको छ । गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन् । सुरुदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। उनले नै

आज ऋषिपञ्चमीः सप्त ऋषिको पूजा आराधना

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत

संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु

२६ भाद्र, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा सहचालक खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विश्वकर्माको मृत्यु भएको हो । जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको

एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीले आज अर्थमन्त्री शर्मासँग भेट गर्ने

२५ भाद्र, काठमाण्डौ । नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज (शनिबार) अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने भएको छ । नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेका छन् । उक्त टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी

आज–२६ भाद्र २०७८ शनिवारको राशिफल

मेष । आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ । वृष । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । मिथुन । आज

एमाले सांसद रेखा झाः ‘सभामुखलाई हान्न माइक तानें, टाउको फुटाउने योजना थियो’

२५ भाद्र, काठमाडौं । नेकपा एमालेकी सांसद रेखा झाले माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको बताएकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा सांसद झाले सभामुखलाई हान्न माइक तानेको बताएका हुन् । सांसद झाले भनिन् “संसदको एउटा मर्यादा हुन्छ, उहाँले पदीय मर्यादा राख्न सक्नु भएन

मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार भत्ता पाउने

२५ भाद्र, काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने भएको छ । शुक्रबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसादरुहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने

२५ भाद्र, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) बस्ने भएको छ । शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार) बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका