संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु – Satabdi News

संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु

२६ भाद्र, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा सहचालक खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विश्वकर्माको मृत्यु भएको हो ।

जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको सहचालक विश्वकर्माको उक्त दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर