नोबेल अस्पतालले थाल्यो प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा
२९ भाद्र, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका

