आज–२९ भाद्र २०७८ मंगलबारको राशिफल – Satabdi News

आज–२९ भाद्र २०७८ मंगलबारको राशिफल

मेष । आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।

वृष । बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन । आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

कर्कट । आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

सिंह । आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

कन्या । स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।

तुला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक । आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

धनु । आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

मकर । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बहुमूल्य वस्तु हात पर्नेछ ।

कुम्भ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मीन । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज–२९ भाद्र २०७८ मंगलबारको राशिफल" A few seconds ago

सम्बन्धित खवर