वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार केशब थापा मगर को हुन ? – Satabdi News

वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार केशब थापा मगर को हुन ?

२० जेठ, बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको निर्बाचनमा वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार मोरङ बेलबारी न.पा . वडा नं. १ स्थायी निवासी केशव थापा मगर हुन । बि. सं. २०३५ साल कार्तिक २ गते बुवा टंक बहादुर थापा मगर र आमा यम कुमारी थापा मगरको कोखबाट जन्मनु भएका माईलो छोरा थापा मगर हुन ।

केशब हात्तिसार क्याम्पस धरान सुनसरीबाट आ.एसी(Isc), मोरङ क्याम्पस बिराटनगर बाट BSC सम्मको अध्यन गरेका मगर एक बौद्धिक र सफल युवा ब्यवसायीको रुपमा छवि बनाएका प्रगतिशील युवा हुन । बिगत ३ दशक देखि ब्यवसायमा लागेका थापाले वि. सं. २०५० सालमा लाफा गिफ्ट हाउसबाट शुरु गरेका मगरले २०५३ मा लाफा पुल हाउस हुन्दै बि स २०५७ सालमा मोरङ्ग केवल नेट्वर्कबाट संसार जगतमा ब्यवसाय शुरु गरेका हुन । यसै गरि वि.सं.२०६० सालमा बिराट केवल नेट्वर्क प्रा.लि. र वि.सं. २०७२ मा कोक्टेल सेकुवा घर सफल ब्यवसायीको रुपमा परिचित नाम केशब थापा मगर हुन । यो संगसंगै केही बर्ष शिक्षण पेशाको अनुभव पनि रहेका छन। सगरमाथा ईङ्लिश स्कुल बेलबारीका संस्थापक शिक्षक, ब्राईट फ्युचर इङ्ग्लिश स्कुल सलकपुरमा शिक्षण, कबिर नि.मा बि बेलबारी वडा नं. २ लालभित्ती मा शिक्षण पेशा गरेका छ्न भने बेतना सहकारी संस्था बेलबारीका लेखा समिती सदस्य तथा बेलबारी बहुउद्देश्यीय बेलबारीका ऋण समितीको सदस्य पनि हुन।

ब्यवसायी मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रुपमा काम गर्ने युवाको रुपमा केशब थापा मगर परिचित छ्न । बेलबारी नगरपालिकामा आबद्ध रहेका संघसंस्थाहरुमा नेपाल मगर संघको अध्यक्ष अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद बेलबारीका उपाध्यक्ष, शताब्दी न्युज प्रा.लि.का अध्यक्ष, रत्न कुमार बान्तवा ब्यवस्थापन समितीका अध्यक्ष साथै पेयपदार्थ तथा होटल ब्यवसाय बेलबारी एकाईका पुर्व सह-सचिब, बेलबारी हाट्खोला बजार ब्यवस्थापन समितीका पुर्व सह-सचिबका जिम्मेवारी बहन गरि सकेका र गर्दै आएका छन ।

बेलबारीमा १२ बर्ष देखि ब्यवसाय र व्यापार संघ बीच गुमाएको बिस्वस्नियतालाई पुन; फर्काउने र सबै ब्यापारीहरुलाई एउटै माला बनाएर ब्यापारीहरुको हकहितमा काम गर्ने योजनाको साथ उमेदवार दिएका केशब थापा मगर भेषराज श्रेष्ठ (अशोक) को प्यानलबाट बाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवारी हुन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार के..." A few seconds ago

सम्बन्धित खवर