नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण – Satabdi News

नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण

१४ जेठ, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडेमीले संचालन गरिरहेको स्नातक तह Bachelor of Mountaineering studies (BMS) दोश्रो व्याच, आठौं सेमेस्टरका ९ जना विद्यार्थीहरुले हिमलुङ (७१२६ मिटर) हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । स्नातक तहका २१ जना विद्यार्थीहरु सम्मिलित आरोहण टोलीका ९ जनाले एकै पटक प्राप्त गरेको सफलता विश्वमा नै पहिलो रहेको दावी एकेडेमीले गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीक कार्यक्रममा फिल्ड प्राक्टीकल तालिममा ७००० मिटर माथिका हिमालहरुको आरोहण सहितको अध्ययन अनुसन्धान कार्यक्रम अन्तर्गत यो सफलता प्राप्त गरेको कलेजका क्याम्पस प्रमुख ज्ञानेश्वर प्रसाद सिंह महतोले बताउनु भयो ।

आरोहण सहित पर्वतारोहण सम्बन्धी स्नातक र स्नाकोत्तर तहको अध्ययन हुने नेपाल माउण्टेन एकेडेमी एक मात्र संस्थाको रुपमा रहेको छ। यस अघि उक्त विद्यार्थीहरुले छैठौं समेस्टरमा मेरा पिक (६४७६ मिटर) चौथो सेमेस्टरमा चेरगुरी पिक(४९८३ मिटर) सफल आरोहण तथा अध्ययन गरिसकेका छन । एकेडेमीमा स्नातक तहमा व्याचलर अफ माउण्टेनियरिङ स्टडिज (BMS), स्नाकोत्तर तहमा मास्टर अफ एड्भेन्चर स्टडिज (MATS) तथा Master of Science in Mountain and Mountaineering Science(M.Sc. MMS) प्राध्यापन हुदै आएको छ । यस बाहेक तालिममा ट्रेकिङ गाईड, स्की तालिम, सम्पर्क अधिकृत तालिम, उच्च पर्वतारोहण तालिम समेत दिदै आएको छ ।

आरोहण गर्ने विद्यार्थीहरुमा रोसान्त राज खत्री, सरोज लामिछाने, नविन उप्रेति, विधान भण्डारी, आशिस खड्का, सौगात अधिकारी, सरोज तामाङ, कुशल रानाभाट र विकास वटाला रहेका छन्। विद्यार्थीहरुको यो सफलतालाई गिनिज बुक वर्ल्ड रेकर्डमा राख्नको लागि प्रक्रिया अगाडि बढाइने एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हि..." A few seconds ago

सम्बन्धित खवर