प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने – Satabdi News

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने

२५ भाद्र, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) बस्ने भएको छ ।

शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार) बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

१५ मिनेट स्थगित भएपछि पुनः सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए। एमाले सांसदको नाराबाजीकै बीच पुनः १५ मिनेटका लागि बैठक स्थगित गरिए पनि आधा घण्टा भन्दापनि ढिलो सुरु भएको शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेका हुन्।

बजेट अध्यादेश पेस भएपछि सभामुख सापकोटाले संविधान सभाका सदस्यहरु महेन्द्र शेरचन र जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधनमा शोक प्रस्ताव पेस गरेका थिए। शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले अर्को बैठक जेठ २७ गते (आइतबार) दिनको १ बजे बस्ने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने" A few seconds ago

सम्बन्धित खवर