संखुवासभा हत्या प्रकरणः भतिज नाता पर्ने लोक बहादुर पक्राउ, ‘हेपाइ सहन नसकेर ६ जनाको हत्या !’ – Satabdi News

संखुवासभा हत्या प्रकरणः भतिज नाता पर्ने लोक बहादुर पक्राउ, ‘हेपाइ सहन नसकेर ६ जनाको हत्या !’

२५ भाद्र, मादी । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ  ।

उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको ज्या’न लिएको आरोपमा भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ । घट्ना घटाएपछि पनि लोकबहादुर घरमै थिए । उनले एक्लै सबैको ज्या’न लिएको स्वीकार गरिसकेको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले बताए ।

आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घट्नाको आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको थियो । तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।

तेजबहादुरले आफूलाई पहिला नराम्रो शब्द प्रयोग गरेको लोकबहादुर ले बदला लिन अघि बढेका थिए। उनि माथि उकालो लाग्दै गरेको देखेपछि आँगनमा रहेको दाउरो टिपेर उनी तेजबहादुरलाई प्रहार गर्न अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टा’उकोमा प्र’हा’र गरेका थिए।

तेजबहादुरको ज्यान लिने क्रममा जोड ले चि’च्या’एर कराएको थाहा पाएपछि उनकी श्रीमती कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेपछि घटनास्थलमा पुगे। त्यसपछि उनले उनीहरुलाई पनि ल’खे’टी ल’खे’टी ज्या’न लिएको बताएका छन्।

‘ए यो लोकेले मा’र्‍यो भन्दै आउँदा उनलाई पनि हि’र्का’एको बताएका छन्,’ एक स्थानिएले भने। सासु ढ’लेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हि’र्का’एको लोकबहादुरले बताएका छन्। आमा र हजुरआमालाई ह’ ‘त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा ह’ ‘त्या गरेका थिए ।

‘दुई नातिनातिना दौ’डा’दौ’ड गर्दैगर्दा उनीहरूलाई ले’खे’टी ल’खे’टी दा’उ’राले हि’र्का’एको प्रहरी सामु उनले बताएका छन्। त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह”त्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। उनीसँगै अर्का एक व्यक्तिलाई पनि ह’ ‘त्यामा सहयोग गरेको आ’शं’का’मा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

जग्गा किन्ने तयारीमा रहेका कार्की परिवारको ह’ ‘त्या आर्थिक कारणले भएको सुरुमा अनुमान गरिएको थियो। तर घरमा भएको नगद र गरगहना सुरक्षित भेटिएपछि प्रहरीले अन्य रिसिबीका कारण भएको हुनसक्ने अनुमान गरेको थियो। उनी घट्ना पछि अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताए । ‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्या’न जोखिममा रहेछ’, थापाले भने ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’हो’स भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् । ह’ ‘त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो ।

झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रि’सरा’ग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सि’ल’ गर्दा पनि शं’का’स्प’द मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। दुई परिवारको बिचमा पहिले आर्थिक लेनदेन समेत देखिएको छ। तर लोकबहादुरको परिवारले तेजबहादुरलाई उक्त रकम तिरिसकेको पाइएको छ।

प्रहरीले सबै अनुसन्धान सकेर आजै उनलाई सदरमुकाम खाँदबारी लैजाने तयारी गरेको छ। आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदी, संघीय प्रहरी इकाइबाट एसपी भीम दाहाल र प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी नेतृत्वको टोली पनि घटनास्थल पुगेको थियो। घटनाको ५ दिनपछि प्रहरीले ह’ ‘त्या अभियुक्त समातिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभा हत्या प्रकरणः भतिज नाता पर्ने लोक बहा..." A few seconds ago

सम्बन्धित खवर