गोकुलम रिसोर्ट प्रवेशद्धार बलियामा खुल्यो ‘लर्ड बुद्ध क्याफे’ – Satabdi News

गोकुलम रिसोर्ट प्रवेशद्धार बलियामा खुल्यो ‘लर्ड बुद्ध क्याफे’

–अर्जुन राई अपहेलित

२५, भाद्र, इटहरी । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘लर्ड बुद्ध क्याफे लन्च एण्ड बार’ सञ्चालनमा ल्याइएको छ ।

मोरङको सुन्दरहरैंचा–४ बलिया स्थित गोकुलम रिसोर्ट प्रवेशद्धारमा युवा व्यवसायी अमृत गुरुङ, सन्जिव गुरुङ र जे.के. राज धामीले उक्त क्याफे सञ्चालनमा ल्याएका हुन् ।

हङकङमा व्यवसाय गर्दै आएका अग्रज व्यवसायी राजु राईले आज (शुक्रबार) क्याफेको उद्घाटन गर्ने भएका छन् । उद्घाटनको पाँच दिन सम्म ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध रहेको क्याफेका सञ्चालक अमृत गुरुङले बताए ।

टुवोर्क बियरको प्रायोजनमा रहेको क्याफेको उद्घाटन समारोह विभिन्न कलाकारहरुको उपस्थितिमा भाद्र २५ देखि ३० गते सम्म सञ्चालन हुने छ । पहिलो दिन धरान ब्याण्डको प्रस्तुति रहने छ भने दोस्रो दिन गजल प्रस्तुति रहेको छ । त्यस्तै उद्घाटनको तेस्रो दिन काण्ठमाडौं ब्याण्ड, चौंथो दिन नमुना ब्याण्ड, पाँचौं दिन दमकको ब्याण्ड र छैंठो दिन इटहरी ब्याण्डको प्रस्तुति रहेको समेत सञ्चालक गुरुङले जानकारी दिए ।

आफ्नो व्यवसायलाई अघि बढाउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको सञ्चालक अमृत गुरुङ बताउँछन् । उनले भने “आफ्नो ठाउँको विकासको लागि नेपालमा नै केही गरौं भन्ने लाग्छ, विदेश जानै पर्ने अवस्था हुँदा पनि केही सिप सिकेर जानु पर्छ भन्ने सोचाइ छ ।”

पूर्वकै मुख्य शहर इटहरीको नजिक रहेको बलिया क्षेत्र आसपास पर्यटकिय स्थलहरुको विकास हुँदै गरेको उल्लेख गदै गुरुङले बलिया क्षेत्रको भविष्यलाई हेरेर क्याफे सञ्चालनमा ल्याएको उल्लेख गरे ।

लर्ड बुद्ध क्याफेलाई दिउँसोको समयमा पारिवारिक सदस्यसहितका ग्राहकलाई विशेष सुविधा तथा सुपथ मूल्यमा परिकार उपलब्ध हुने मुख्य केन्द्र बनाउ चाहेको सञ्चालक गुरुङले बताए । उनले क्याफेमा म्युजिकली ब्याण्डहरु रफ एण्ड टपमा नभएको तथा बार भन्नाले अन्य क्लबहरु जस्तो नभएको हुँदा बिल्कुलै फरक खालको रहेको उल्लेख गरे ।

विदेशी र स्वदेशी दुवै खालका पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको क्याफेमा सुलभ मूल्यमा गुणस्तरीय खाना तथा खाजा पाउनुका साथै विभिन्न आइसक्रिमका आइटम तथा पेय पदार्थ उपलब्ध हुने सञ्चालक अमृत गुरुङले जानकारी दिए ।

ग्राहकहरूलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको क्याफेमा म्युजिकको मजासमेत लिन सकिनेछ ।

लर्ड बुद्ध क्याफे उद्घाटनको अवसरमा अन्य होटल तथा व्यावसायी संस्थाहरुले समेत छुट दिने भएका छन् । क्याफे सँग सहकार्यमा रहेका नमुना फेमली होटल एण्ड लज, ग्राण्ड होटल एण्ड लज, श्रीपति मेटल इण्डष्ट्रिज प्रा.लि., अप्रिम कन्ट्रक्सन, इजि कुरीयर, दाजुभाइ वर्कशप एण्ड रिकण्डिसन, जुनकिरी अनलाइन सपिङ, तु–कातु कुरियर सेवा र सिआर फो मोबाइल स्टेशनले १० देखि २० प्रतिशत सम्म छुट प्रदान गर्ने भएको छ । लर्ड बुद्ध क्याफमा उपलब्ध कार्ड लिएर गएका ग्राहकले उक्त छुट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोकुलम रिसोर्ट प्रवेशद्धार बलियामा खुल्यो ‘लर्ड..." A few seconds ago

सम्बन्धित खवर