रिमा र सविनको जोडीमा फिल्म सिड्नी निमार्ण हुने

माघ ४, काठमाडौ । नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र

नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्सन

इन्ट्रा डे मा नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्स २६, पुस काठमाडौं । सेयर बजारमा प्रोफिट बुक भएको छ । विशेषगरी ट्रेडरहरुले नाफा बुक गर्दा बजार केही प्रभावित भएको छ । यस दिन नेप्से सूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा आएको छ । त्यसो त

शेयर बजार हरियो बन्दै २२ सय अंक भन्दा माथि उकालो

२५ पुस, काठमाडौं । पुँजी बजारले अर्को उचाई कायम गरेको छ । सोमबार नेप्से सूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा आइपुगेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा निकै प्रभाव पार्न सक्ने २२०० सयको विन्दुलाई सोमबार नेप्सेले सजिलै पार गरेको हो । सूचक निरन्तर बढ्दै जाँदा दैनिक टर्नओभरले पनि सपोर्ट गर्दै गएको

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब रुपैयाँ

१६ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको

निर्वाचन समयमा देशभर मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

२ मंसिर, काठमाडौं । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ

बैँँकको चर्को ब्याज बिरुद्ध बेलबारीका ब्यबसायी आन्दोलित 

मंसिर ०१ , बेलबारी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ब्यबसायीहरुको ढाड सेकेको भन्दै बेलबारी ब्यबासायीहरु आन्दोलित भएका छन । ब्यबसायीहरुले बिहिबार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध उद्योगी ब्यबसायी र आम सर्बसाधारण सहितको बृहत बिरोध जुलुस समेत निकालेर बिरोध गरेका छन । जुलुस बेलबारी ३ पुरानो

केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा लाग्दै

३० कार्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको रिपोर्ट सार्वजनिक गरेकै दिन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचकहरु निकै सकारात्मक बन्दै गएको देखिएको छ । विशेषगरी

प्रयोगकर्तालाई गुगलको उपहार, अब १५ जीबीको सट्टा १ जीबी स्टोरेज

१५ कार्तिक, काठमाडौ । कम्पनीले वर्कस्पेस प्रयोगकर्ताका लागि स्टोरेज क्षमता बढाउँदैछ । अर्थात् आउँदो समयमा गुगल वर्कस्पेस इन्डिभिजुअल अकाउन्ट १५जीबी स्टोरेजको सट्टा १ जीबी सेक्योर क्लाउन्ड स्टोरेजका आउनेछ। यसका लागि प्रयोगकर्ताले कुनै सेटिङ गर्नुपर्दैन । सबै अकाउन्ट अटोमेटिकली १५ जीबी स्टोरेजबाट १ टीबी स्टोरेजमा रुपान्तरण हुनेछन् । गुगलले एक ब्लगपोस्टमा

भर्ने होइन त ? इस्टर्न हाइड्रोपावरको आइपीओ आजदेखि आवेदन खुल्ला

असोज २८, काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आज शुक्रबार असोज २८ गतेदेखि आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले आज कार्यालय समयदेखि कम्पनीको आइपीओमा अवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६

लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा