नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्सन – Satabdi News

नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्सन

इन्ट्रा डे मा नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्स

२६, पुस काठमाडौं । सेयर बजारमा प्रोफिट बुक भएको छ । विशेषगरी ट्रेडरहरुले नाफा बुक गर्दा बजार केही प्रभावित भएको छ । यस दिन नेप्से सूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा आएको छ । त्यसो त मंगलबार बजार इन्ट्रा डेमा २२७६ विन्दुसम्म पुगेको थियो । कारोबार रकममा भने व्यापक वृद्धि भएको छ । यस दिन ७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

पछिल्लो समय लगातारजसो बजार बढ्यो । यसरी बढ्दा कतिपय कम्पनीमा लगानीकर्ताले मनग्ये नाफा लिन सफल भएको देखिन्छ । यही मौकमा प्रोफिट हुनुलाई सामान्यरुपमा लिइएको छ । सामान्य करेक्सनसहित बजार अघि बढ्दा अझै बलियो हुने जानकारहरु बताउँछन् ।

त्यसो त मंगलबार बजारमा निकै उतारचढाव पनि देखियो । पहिलो प्रहरमा नेप्से राम्रोसँग बढेको थियो । मध्यकालमा पुनः गिरावट आयो । यसरी रातो भएको बजार पुनः हरियो बन्यो । यो क्रम छिनछिनमै दोहोरियो । बिक्रेता हावी भएका बेलामा क्रेताहरु पनि उत्तिकै देखिए । सोही कारण बजार छिनछिनमै तलमाथि गरेको हो ।

यसरी बजारमा छिनछिनमै उतारचढाव आउँदा नयाँ र सर्वसाधारण लगानीकर्ता भने निकै अन्योलमा परेको पनि देखियो । बजार घट्यो भने सेयर किन्न हतारिनेहरु झुक्किएको जस्तो महसुस गर्न थाले । यसरी फेरि एकैछिनमै बजार बढ्दा बेच्नेहरु पनि झस्किन पुगे । यो क्रम निरन्तर चलिरहँदा अन्ततः बजार घटेरै बन्द हुन पुग्यो ।

सेयर बजारमा उतारचढाव भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । करेक्सनपछि पछि बजार पुनः माथि लाग्ने विश्वास हुन आवश्यक छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत माग्नेक्रममा सम्बोधन गर्दै उनले सेयर बजारको नाम नै लिएर सम्बोधन गरे ।

उनले भने, ‘सेयर बजारमा आएको पछिल्लो सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतरुपमा हेरेको छु ।’ उनले पुँजी बजार सुधार सरकारको प्राथमिकतामा परेको बताए । समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार्ने कार्य सरकारको प्राथमिकतामा परेको बताए । यसबाट आम लगानीकर्ताको मनोबल उच्च बनाउन सहयोग पुगेको विश्वास गरिन्छ ।

सेयर बजारले जहिले पनि भविष्यको रियाक्ट गर्ने गर्छ । माघ लागेसँगै ब्याजदर घट्ने अपेक्षा धेरैको छ । ब्याजदर घट्यो भने त्यो पनि पुँजी बजारका लागि सुखद् पक्ष हुनेछ । यी सकारात्मक पक्षहरुका बाबजुत पनि आम लगानीकर्ताले बजार सधैं एउटै रेखामा घुम्दैन । तलमाथि हुँदै अघि बढ्छ भन्ने पक्ष बिर्सिनु हुँदैन । यसैअनुसार आफ्नो खरिद, बिक्री र होल्डसम्बन्धी निर्णय लिन उचित हुने जानकारहरु बताउँछन् ।

यस दिन २५४ कम्पनीको २ करोड ८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र रिडी पावर कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरु..." A few seconds ago

सम्बन्धित खवर