केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा लाग्दै – Satabdi News

केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा लाग्दै

३० कार्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको रिपोर्ट सार्वजनिक गरेकै दिन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचकहरु निकै सकारात्मक बन्दै गएको देखिएको छ । विशेषगरी करिब १५ महिनापछि शोधनान्तर स्थिति बचतमा आएको छ ।

यस्तै, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । यता, आन्तरिक वित्तीय प्रणाालीमा लगानीयोग्य रकम पनि बढ्न थालेको छ । यही सन्दर्भलाई अप्रत्यक्षरुपमा कोट्याउँदै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा गएको बताएका हुन् । उनले बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकार र राष्ट्र बैंकले लिएको कठोर नीतिकै कारण अर्थतन्त्र सुधारको बाटोमा गएको उनको भनाई थियो । त्यसो त सरकारले अहिले पनि कतिपय वस्तुको आयात प्रतिबन्ध लगाइरहेको छ । ‘अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अहिले अर्थतन्त्रमा सुधारको संकेत देखिने थिएन,’ उनले भने । कठोर नीतिगत निर्णयकै कारण अर्थतन्त्र सुधारको बाटोमा लागेको हो, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अ..." A few seconds ago

सम्बन्धित खवर