धनकुटाका एक युवक गाँजा सहित विराटनगरमा समातिए – Satabdi News

धनकुटाका एक युवक गाँजा सहित विराटनगरमा समातिए

२५ भाद्र, विराटनगर । धनकुटा सहिद भूमि गाउँपालिका७ का २४ वर्षीय सागर राई लागूऔषध गाँजा सहित पक्राउ परेका छन् ।

बिहिबार बेलुका विराटनगर महानगरपालिका–४ कञ्चनवारी स्थित सिआरभी पोस्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा ५ केजी गाँजा राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धनकुटाका एक युवक गाँजा सहित विराटनगरमा समातिए" A few seconds ago

सम्बन्धित खवर