एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो, विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा – Satabdi News

एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो, विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा

२४ भाद्र, काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान काठमाडौं आएको हो ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९ः२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारिएको थियो । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठम..." A few seconds ago

सम्बन्धित खवर