यी हुन कारागार भित्र घुस माग्ने जेलर

धिरज विष्ट श्रावण १३, दार्चुला । जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर मानबहादुर खडायतले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी संग जागिर लगाए वाफत ४० हजार घुस मागेको अडियो टेप सार्वजनिक भएको छ । कारागारमा कार्यरत कार्यालय सहयोगी नरेशराज बडू संग प्रमुख जिल्ला अधिकारी लगायत विभागका कर्मचारीहरुलाई दिनुपर्ने भन्दै उक्त रकम मागेको

पुर्व – पश्चिम विद्युतीय रेलमार्ग : परियोजना नयाँ चरणमा

श्रावण १३, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई बोलपत्र आह्वान भएपछि काम नयाँ चरणमा प्रवेश गरेको

गत २४ घण्टामा १ सय ३९ संक्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

श्रावण १२, काठमाडौं । सोमबार कोरोनाका १ सय ३९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । हालसम्म १३ हजार ७

सरकारले काम गरेको नदेख्नेलाई मोतीविन्दु लागेको हुनुपर्छ :- स्वास्थ्य मन्त्री ढकाल

[caption id="attachment_6413" align="aligncenter" width="1000"] स्वास्थ्य मन्त्री ढकालको पेजबाट[/caption] श्रावण १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका

धरानको पालिका तरकारी बजारमा आगलागी

श्रावण १२, धरान ।  धरानको पालिका तरकारी बजारमा आगलागी भएको छ । सोमबार बिहान करिब ५ बजे देखि आगो लागेको हो । धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ । तरकारी बजारमा भएको आगलागीमा परेर ११ पसल भन्दा बढी जलेर नष्ट भएका छन् । बजारको अघिल्लो भागमा

मोरङमा सिडिओ निरौला

श्रावण १२, विराटनगर । मोरङको प्रमुख जिल्ला अधिकारीमा कोषहरि निरौला आएका छन् । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा धनुषाका प्रजिअ कोषहरि निरौलालाई सरुवा गरेर पठाएको हो । मोरङका प्रजिअ मदन भूजेललाई बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन

गोरखा भुपु सैनिक : सामाजिक सुरक्षा भत्ताको माग गर्दै ध्यानाकर्षण

धिरज विष्ट श्रावण ११, दार्चुला । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दाचुला मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्दा भूतपूर्व सैनिक दोहोरो मारमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौँलाई ज्ञापन पत्र बुझाईएको

विराटनगर महानगरको निर्णय : अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

श्रावण ११, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलनसक्ने भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदल समेत बनाएको हो । विराटनगर महानगरपालिकाले कार्यालयमा

दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युकेनिवासी नेपालीहरुकाे आर्थिक सहयाेग

श्रावण ११, बेलबारी । ब्लड जम्ने समस्याबाट दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युके निवासी नेपाली समुदायले आर्थिक सहयाेग प्रदान गरेकाे छ । लेटाङ नगरपालिका ४, गुम्बालाईन मिलन टाेलमा काेठा भाडा लिएर बसेका मगरलाई शनिवार साे रकम हस्तान्तरण गरिएकाे हाे । ईलाम माईनगरपालिका ८, कलकत्तेका स्थायी वासीन्दा मगर केही वर्षदेखि लेटाङमा

उचित मुआब्जाको माग सहित नगर स्तरीय रेलमार्ग संघर्ष समिति गठन

श्रावण ११, मोरङ । काकडर्भिट्टा- ईनरुवा रेलमार्ग निर्माण हुने भएपछि बेलबारी नगर स्तरिय संघर्ष समिति गठन गरेका छन् । पुर्व पश्चिम रेलमार्ग निर्माण हुने भएपछि आफुले उपभोग गर्दै आएको जग्गाको सहि मुल्य दिनु पर्ने उदेश्य सहित नगर स्तरीय संघर्ष समिति गठन भएको हो । जनताले सदियौं बर्ष देखि उपभोग गर्दै