‘होइन! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए ए!! फुटसल घरभित्र पो खेलिन्छ ?”
“होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए !!! ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी । खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई

