सुन्दरहरैचा नगरपालिकाले विहिवारबाट लकडाउन गर्ने निर्णय – Satabdi News

सुन्दरहरैचा नगरपालिकाले विहिवारबाट लकडाउन गर्ने निर्णय

श्रावण २०, सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले बिहिबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।

आज बसेको नगर कार्यपालिकाको बैठकले नौ दिन सम्मका लागि  लकडाउन गर्ने निर्णय गरेको हो । नगर भरिका बजार, पार्लर, सैलुन, जिमखाना, फेन्सी स्टोर, सुनचादी पसल, हार्डवेयर लगायत सार्वजनिक यातायात समेत बन्द हुने भएका हुन् ।

नगरपालिका वा वडा कार्यालयबाट हुने दैनिक प्रशासनिक कार्यहरु सम्पुर्ण बन्द हुने सुन्दरहरैचा नगरपालिकाले बताए । नगरपालिकाले अत्यावश्यक काम हिड्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेका छन् । लकडाउन साउन ३० गते शुक्रबारसम्म हुने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचा नगरपालिकाले विहिवारबाट लकडाउन गर्ने..." A few seconds ago

सम्बन्धित खवर