प्रेम सञ्जेल माथि कुटपिट गर्ने महिला कर्मचारीको म्याद थप – Satabdi News

प्रेम सञ्जेल माथि कुटपिट गर्ने महिला कर्मचारीको म्याद थप

श्रावण १८, विराटनगर । भष्ट्राचार विरोधी छवि बनाएका अधिकृत प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई महिला कर्मचारीहरूलाई प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरको आफ्नै कार्यकक्षमा सहयोगी दुई जना महिला कर्मचारीले हिजो शनिबार ११ बजे सञ्जेललाई कुटपिट गरेका थिए । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । सञ्जेलले घटनाको मिलापत्र गर्न अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो ।

शनिबार साँझसम्म दुबै पक्षबीच जिल्ला प्रहरी कार्यालय मोरङमा छलफलमा बसे संगै सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेको थियो । त्यसै लगतै उनीहरु विरुद्ध प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो ।

सञ्जेलले अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै, सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको भन्दै कुटपिट दुई महिला कर्मचारी वताउछन् । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपरवेट, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रेम सञ्जेल माथि कुटपिट गर्ने महिला कर्मचारीको..." A few seconds ago

सम्बन्धित खवर