बेलबारीमा दश दिन लकडाउन गर्ने निर्णय – Satabdi News

बेलबारीमा दश दिन लकडाउन गर्ने निर्णय

श्रावण २१, बेलबारी । कोरोना भाईरसको संक्रमण दिनानु दिन बढे संगै मोरङको बेलबारी नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले श्रावण २२ गते बाट लागु हुने गरि लकडाउन गर्न निर्णय गरेको हो । दस दिन सम्मका लागि लकडाउन हुने (श्रावण ३२) बेलबारी नगरपालिका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

नगर भित्र रहेका अस्पताल, औषधी पसल, किल्निक, दुधडेरी, पेटोल पम्प, पानी जन्य उधोग, भेटेनरी लगायत खुल्ला हुने भएको छ । यसै गरी सरकारी कार्यालय, सार्वजनिक संस्थान, वित्तीय संस्था, बैंक पुर्ण रुपमा बन्द हुने सुचनामा उल्लेख गरिएको छ । त्यस्तै हार्डवेयर, कस्मेटिक, पार्लर, फेन्सी स्टोर, होटल, रेमिट्यान्स, लगायत सार्वजनिक यातायात समेत बन्द हुने भएका छन् ।

नगरपालिका वा वडा कार्यालयबाट हुने दैनिक प्रशासनिक कार्यहरु सम्पुर्ण बन्द हुने भएको छ । अत्यावश्यक काम हिड्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । लकडाउन श्रावण ३२ गते आईतबारसम्म हुने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा दश दिन लकडाउन गर्ने निर्णय" A few seconds ago

सम्बन्धित खवर