कविता “आजकाल मलाई जँडिया भन्छ्न !”
प्रदिप योङहाङ लिम्बू अलैंचीको भारी बोकेर फुङ्लिङ् तिर उकालो जाँदै गर्दा, खुब प्यास लागेको थियो देउलिङ्गे पुग्दा। यसो प्यास मेट्न एउटा भट्टी पसलमा छिरेँ र मगाएँ, एक बटुक्का छिप्पेको जाँड। छिप्पेको घाम छिप्पेको प्यास छिप्पेको जाँड छिप्पेको म र छिप्पेको जाँड ल्याउने छिप्पेको सोल्टिनी आहा! क्या मिलेको। सँधै स्वाट्ट पर्दा

