नेपाल आइडलमा तहल्का मच्चाउँदै किरण भुजेल – Satabdi News

नेपाल आइडलमा तहल्का मच्चाउँदै किरण भुजेल

श्रावण ३१, बेलबारी । लामो समयबाट संगीत क्षेत्रमा निरन्तर अध्ययन मिहेनत गर्दै आएका किरन भुजेल नेपाल आइडल(३ मार्फत उपाधि जित्दै आफ्नो पहिचान स्थापित गर्ने चरणको करिब करिब नजिक पुगेका छन् ।

टप-४ मा अत्याधिक बढि भोटिङ सहित आफ्नो स्थान सुरक्षित गर्न सफल किरन ग्रान्ड फाइनल चरणको एक स्टेप टाढा छन् । गायक किरन भुजेल आफ्नो धमकेदार प्रस्तुतीको कारण नेपाल आइडलमा हाल पृथक पहिचान बनाइरहेका छन् ।

नेपाल आइडलको उत्कृष्ट ७ बाट बाहिरिएका किरन आइडलमा पुर्न स्वाइल कार्ड इन्ट्रि मार्फत प्रवेश पाई सर्वाधिक भोटका साथ उत्कृष्ट ४ मा पुगेका हुन ।

निकै नै सुमधुर स्वरका धनी किरन अब आइडलको उपाधीबाट थोरै मात्र टाडा छ्न । किरन भन्छन् “देश बिदेशबाट धेरैले माया गर्नु भयो, साथ दिनु भयो, मलाई फेरि यो मञ्चमा सर्वाधिक भोटका साथ उत्कृष्ट चारमा पुर्याउनु भएको छ ।
यो माया, यो साथ र सहयोगको लागि म हृदयतस् आभारी छु“ मलाई यसरी नै माया गरि अझ अगाढी बढ्न सहयोग गरिदिनु होला ।

धेरै भन्दा धेरै भोट गर्दिनु हुन पनि किरनले अनुरोध गरेका छन् । किरनलाई भोट गर्न NI 03 टाइप गरि 37000 मा एस.एम.एस वा 16667703 डायल अथवा इ-सेवा एपबाट पनि भोटिङ गर्न सक्नु हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल आइडलमा तहल्का मच्चाउँदै किरण भुजेल" A few seconds ago

सम्बन्धित खवर