श्रावण ३०, बेलबारी । महामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाईरस यति खेर मोरङ जिल्लामा पनि भयभित रहेको स्थिति छ । यस भयभित अबस्थामा जनता संग सरोकार राखेर काम गर्ने ब्यक्तिहरुले सामाजिक दुरी कायम गर्दै माक्स र सेनिटाईजर प्रयोग गर्नु अनिवार्य बनेको छ ।
यसै सन्दर्भमा ड्रीमल्याण्ड फन प्रा.लि.का संचालक बिजय सुबेदीले बेलबारी नगरपालिका भित्र फन्टलाईनमा काम गर्ने स्वास्थकर्मी, प्रहरी, जनपद, शसस्त्र, ट्राफिक, स्वास्थ संस्था तथा संचारकर्मी लगायतलाई स्वास्थ सामग्री माक्स र अनुहार छोप्ने फेसिल अनुमानित ४००/४०० वटा बितरण गरिएको कुरा शताब्दी न्युजलाई बताए ।

सुवेदीको भनाईअनुसार “हामीले फन्टलाईनमा काम गर्ने जुनसुकै क्षेत्रका ब्यक्ति वा ब्यक्तित्वहरुको लागि अहिले बितरण गरिएको सामग्री पर्याप्त त छैन । तर पर्याप्त पुर्याउने अभियान जारी नै रहेको छ । न्युनतम १००० पिस माक्स र फेसिल दिने लक्ष्य रहेक छ । यो समयमा गरिएको काम नितान्त समाजसेवा हो । ड्रीमल्याण्ड फन प्रा.लि.ले यो अभियानलाई शुरूवात गरिएको छ, बेलबारीको जुनै सुकै क्षेत्रका ब्यक्ति तथा ब्यक्तित्वहरुले यो अभियानलाई अनुशरनण गर्न सक्नु हुनेछ ।” भनेर शताब्दी न्युजलाई बताए ।