सन्जीव धिमालकाे दुई साङ्गितिक काेसेली सार्वजनिक – Satabdi News

सन्जीव धिमालकाे दुई साङ्गितिक काेसेली सार्वजनिक

श्रावण २७, बेलबारी । गायक सन्जीव धिमालकाे २ वटा गीत युट्युव मार्फत सार्वजनिक भएकाे छ । ए काली र भेटाैला भेटाैला बाेल रहेकाे गीत युट्युव मार्फत सार्वजनिक भएकाे हाे ।

ए काली बाेलकाे गितलाई स्वयम् गायक सन्जीव धिमालले संगीत गरेका हुन् । दुर्गा रुपाखेती न्याैपानेकाे शब्द रहेकाे गीतमा गायनमा पवित्रा ओलिले साथ दिएकी छन् ।

त्यस्तै ईश्वर धिमालकाे शब्द/संगीत रहेकाे भेटाैला भेटाैला बाेलकाे गीत समेत सार्वजनिक भएकाे छ । सर्जक ईश्वर धिमाल बेलबारी, माेरङका हुन् । विशाल हुमागाईले एरेन्ज गर्नु भएकाे २ वटै गीत साईराम पिक्चर्सकाे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सन्जीव धिमालकाे दुई साङ्गितिक काेसेली सार्वजनिक" A few seconds ago

सम्बन्धित खवर