श्रावण २७, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै बेलबारीमा सक्रमित हुनेको सख्या ८ पुगेको हो ।
सक्रमित मध्ये ४ जना उपचार पछि घर फर्कीसकेका छन, भने ४ जनाको कोभिड अस्पतालमा उपचार भइरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताएका छन् । कोभिड अस्पतालमा उपचार गराइरहेका ४ जनाको समेत स्वास्थ्य अबस्था सामान्य रहेको छ ।