खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत : रन्जित तामाङ – Satabdi News

खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत : रन्जित तामाङ

श्रावण २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सरकारलाई आर्थिक ब्ययभार बढी पर्ने बहानामा लोकसेवाले लिने खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत भएको बताएका छन् ।

लाखौं विद्यार्थिले करोडौं राजस्व तिरिसके पछि एकाएक आयोग स्थगित हुदा अहिले अन्योल सृजना भएको बेलामा खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुराप्रती सह-संयोजक तामाङले आपत्ती जनाएका हुन् । आज एक विज्ञप्ति सार्वजनिक गर्दै तामाङले सरकारको आलोचनात्मक शैलीमा विरोध गरेका हुन् । सरकारले विगतमा गरेको लकडाउन ठोस र प्रभावकारी योजनाको अभावमा कोरोनाको महामारी झनझन बढिरहेको छ । समुदाय स्तरमा कोरोना फैलिईसक्दा पनि सरकारले परिक्षणको दयारा फराकिलो बनाउन उनको आरोप छ । कोरोनाको नाममा भ्रष्ट्राचार बढेको भन्दै उनले पिसिआरको दयारा फराकिलो बनाउन अपिल समेत गरेका छन्।

सरकारले जारि गरेको सूचनालाइ गलत अर्थ लगाएर भाद्र १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्देशन प्रति समेत अनेरास्ववियूले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सम्पुर्ण विद्यार्थीको निशुल्क कोरोना परिक्षण गर्न समेत तामाङले माग गरेका छन् । बेरोजगार भएका युवाको उचित व्यवस्थापन र रोजगारीको व्यवस्था गर्न समेत तामाङले सरकारको ध्यानाकर्षण गराएका छन् । संबैधानिक अंग र प्रक्रिया छलेर गरिएका राजनीतिक नियुक्तिमा व्यापक जनगुनासो आएको भन्दै यस्तो काम नगर्न र जनताको रोजगारीको संबैधानिक हकी संरक्षण गर्न समेत उनले सरकारलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी ..." A few seconds ago

सम्बन्धित खवर